जमाना पहिलेको ठीक थीयो// धेरै समय भएको छैन मानीश मेशीनरी चीज को काबुमा आएको र आफुलाई पश्चिमी सभ्यतामा ढालेको। यसो फर्केर हेर्दा हाम्रो पुर्बीय सभ्यता पनीअहिलेको बैज्ञानीक युग संग मेल खादो रहीछ। जसलाई अनेक रुपान्तरण गरेर बिज्ञान ले मानीरहेको छ।। हाम्रा बाउ बाजेले दिनहु तुलसी को मोठ मा सुर्योदय संगै गरीने गायत्री जप र सुर्य नमस्कार लाई आज योगा भनीन्छ।। पहार ताप्नु पर्छ भन्दै घाममा बस्दथे भीटामीन डी को लागी रहीछ।। यस्तै धेरै कुराहरु छन ।। आज अल्छी लाग्यो है।। सानो प्रयाश
Posts
अभी बशिष्ठको याद
- Get link
- X
- Other Apps
"याद" हुरी चल्दै गर्दा उडेछ छानाको मूल भाटो बुढीआमा पूरानो घरको सङ्गारबाट नियाल्दैछन् शुन्य बाटो "खोइ, आज पनि फर्केन छोरा" विश्व युद्ध लडेको लडेको कार्गिलको युद्ध त्यहीँ युद्धको साहस बोकेर पसिना चुहाउँदै गर्दा खाडीमा छोराको आँखामा नाच्दी हो, बुढीआमा नाच्दो हो, खरको छानो तर आमाको सङ्गारमा छोराको यादसँग खेल्दै छानाबाट छुटिएको खर ओसिलो हुँदैछ आँशुका बुँदले आफैलाई डुबाउने सम्झना बोक्दै छोरा खानाको गासमा आँशु मिसाउँदो हो फेर्दो हो चाहना मै आमाको फाटेको फरिया सुत्दो हो थकित भएर काखमा आमाको यता, बानी भै सकेको शुन्यतामा फाटेको मुझेत्रोमा कुलुमुलु पारेर छोरालाई बगलमा सुताउँदि हो, आमा अनि चिच्याउँदो हो वास्तविकता शुन्य भएर..... घोप्टिएर बिछ्यौनामा रूँदा हुन यादले "दुबै प्राणहरू दुरूहताको शोकमा" ~अभि वशिष्ठ