Posts

"साथी"

Image
भनीन्छ साथी दुई प्रकारका हुन्छन एउटा दुःख सुख साट्ने अर्काे ब्यबहार अादान प्रदान गर्ने अथवा ब्यबहार साट्ने ।तर मेराे अाफ्नाे जिन्दगी मा भने याे लागु हुदैन ।"साथी" याे शब्द अाफैमा पूर्ण छ जस्ताे लाग्छ मलाई ।"साथी" का अा-अाफ्नै परिभाषा हाेलान सबैका तर मराे लागि यसकाे परिभाषा निकै लामाे तर सरल छ।साथी जाे पनि ,जिहले पनि ,जहाँ पनि बन्न सक्छ समय अनुसार काेहि नयाँ साथी बन्दै जान्छन र पुराना साथ हरु छुट्दै जान्छन समय र परिस्थिति संगै।जस्ताे कि जन्मिए पछि बाबा अामा ,बाबा ले पाइला टेक्न सिकानु भयाे जब अाफै खेल्न सक्ने भइयाे अाफ्नाे उमेरकाे खेल्ने साथी भए,स्कुल जाँदा दाइ दिदी काे हात साउदै गइयाे केहि समय दाइ दिदी साथी हुनु भयाे ,जति जति खुट्किला चढ्दै गइयाे उति उति साथी बन्दै गए ।काेहि यति नजिक का साथी भए कि स्कुल बिदा र शनिवार नै नभइदिए हुन्थ्याे ,लाग्थ्याे उनी नभए काेहि छैन ।नयाँ जमाना का भए पनि हाम्राे समाजमा केटा साथी भए /बने भने नराम्राे मानीन्थ्याे त्यसैले सानाे कक्षामा पढ्दा खासै केटा साथी थिएनन केटि साथी चाँहि धरै भएपनि मिल्ने साथी कम नै थियाैँ।जाे समय संगै टाढिदै गए। ...

बाबाले किनीदिएको त्यो पहिलो उपहार

Image
सरस्वती ज्ञवाली (खनाल)       मस्को रसिया                      आहा !कति राम्रो फ्रक? कसले ल्यायो?     मेरो बाबा ले     ऊहॉंले ओठ फर्काउनु भयो ऊहॉंको मतलब थियो खुबै भयो कसैले नभाको नयॉं फ्रक लगाई।       तर म त्यहीँ फ्रक ले दिएको खुशी मा झुमेको थिएँ ।नयॉं फ्रक भएर खुशी होईन म तर ७ बर्ष पछि आठौँ जन्मदिनको दिन पहिलो पटक बाबाआफैले मेरो लागि किनेर ल्याउनु भएको एकजोर कपडाको खुशी थियो त्यो।यसको मतलब यो होईन कि मैले नयॉं कपडा लगाउन पाइनँ लगाउथेँ त्यति बेला सायदै अरू कसै संग हुँदो हो म संग भए जति नयॉं कपडा,केबल बाबा र आमाले किनेको नयॉं कपडा थिएन।       नयॉं फ्रक देखाउन म गॉंउभरी डुलेकि थिएँ ।कती खुशी म एउटा फ्रक पाऊँदा। स्कुलले तोकेको ड्रेस संग मिल्दो जुल्दो रंग को फ्रक , मायाले त होला राती धोएर सुकेन भने आगो निभाई सकेपछि तातो अँगेना माथि राखी सुकाई भएपनी अर्को दिन त्यहि चाहिने मलाई।मेरो त्यो खुशी देखेर बाबा आमाको आँखा कती रसाए त्यो बर्णन  म अहिले गर्न ...

आरक्षण र जातीय बिभेद

Image
देशको सबैभन्दा ठूलो विनाशको युद्ध भनेको जातीय युद्ध हो । यसले दीर्घकालसम्म असर गरिरहन्छ । नेपालमा पनि जातीयता यस्तो विषको रोपण भएको छ ।  यसको  प्रभावले सारा नेपालीलाई अब नेपाल पनि कङ्गो र सुडान नै बन्ने भो भन्ने चिन्ता पनि उत्तिकै छ । यसबीचमा देशी विदेशी जातीयवादका नाइकेहरूले भित्रभित्रै षड्यन्त्रका तानाबाना बुनिरहेकै थिए । अझै पनि बुनिरहेका छन् । यस लेखमा स्वस्थकर बहसका लागि जातीय आरक्षणका सवाल राख्ने जमर्को गरेको छु । जातीय आरक्षणका तरङ्गहरू उठिरहेको अवस्थामा अहिले लोकसेवा आयोगमा भएको विज्ञापन काण्ड, संसदीय समितिले सरकारलाई दिएको निर्देशन र सर्वोच्चमा परेको मुद्दा अहिले नेपाली समाजलाई तताएको छ । यसले फेरि जातीय राजनीति गर्नेहरू सलबलाउन थालेका छन् । देशको एक मात्र भरोसायुक्त संवैधानिक स्वतन्त्र निकाय लोकसेवा आयोगमा समेत राजनीति पसेबाट अब नेपालका कुनै पनि सङ्घ संस्था स्वतन्त्र हुन सक्ने अवस्था रहेन । यही नै सबैभन्दा ठूलो दुर्भाग्य हो । अदालत, मानव अधिकार, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, विभिन्न आयोगमा राजनीति हुँदै आएको छ । अब लोकसेवा आयोगमा पनि राजनीति गर्ने हो भन...

रसिया मा "कोभिड १९"र नेपाली

Image
कुरा गर्यो कुरैको दु:ख भने झै अहिले जताततै कोरोना(कोभिड १९) को चर्चा छ।दिनहुँ समाचार आउँछ यो देशमा यति पुगे,ऊ देशमा यती पुगे ।देश भित्र पनी यो प्रदेश,त्यो जिल्ला ,त्यो गॉंऊपालिकार त्यो वडा हुँदै यो हर घर घर को समस्या हुँदै छ।यसको आतंक कहिले कहॉं गएर रोकिने हो कसैले यसै भन्न सक्ने अबस्था छैन न कुनै डाक्टर ले ,न कुनै  बैज्ञानिकले यस यसको आतंक बाट मुक्ती हुने बाटो पत्ता लगाउन सकेका छन।           अब प्रसंग बिदेशमा रहने नेपाली नागरिक को हुनत सबै देशको समस्या एऊटै हो र कतिपय को समस्या त अझ दयनिय होला त्यो त जसलाई पर्यो उसैले जान्यो।             म स्वयं विश्वका सबैभन्दा शक्तिशाली मानीने देश मध्धेको रूस को राजधानी मस्को सहरमा कामको शिलशिलामा बस्छु ।म मात्र होईन हामि ५/७०० को हाराहारीमा रूस मा नेपाली कामदार रहेका छ।अहिले कोरोना को कहरका कारण यहॉंका नेपाली कामदार को  अबस्था दयनिय बन्दै छ ।यहॉं अरु देशमा जस्तो जुन कम्पनीको भिसा मा आयो त्यहि कम्पनीले हेर्छ भन्ने हुदैन। कतिपय ले कम्पनीमै काम गर्नुहुन्छ र कम्पनीको मालीकले नै वहॉं हरू...

कोरोना (कोभिड १९) पछिको नेपाली अर्थतन्र

Image
● कोरोना पछिको नेपाली अर्थतन्त्र नेपालको सरकारी तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन  साढे ३४ खर्ब रुपैयाँ छ। वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने रकम नै जीडीपी हो।यस पटक सरकारले यो कुल परिमाणलाई सात प्रतिशतले बढाउने लक्ष्य राखेको थियो। तर कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको 'लकडाउन'ले झन्डै दुई महिनादेखि सम्पूर्णआर्थिक गतिविधि ठप्प छन्। अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन। अभूतपूर्व यो सङ्कटले नेपाली अर्थतन्त्रमा अहिले नै गम्भीर असर पारिसकेको छ। यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन्।यसको असरबाट कुनै क्षेत्र पनि अछुतो छैन।  नेपालमा सबभन्दा घातक असर पर्ने चार क्षेत्र स्पष्ट भएका छन्। १. विप्रेषण र वैदेशिक रोजगारी विदेसमा गएर रोजाारी गरी स्वदेशमा पठाएको रकम लाई विप्रेषण भनिन्छ । यो नेपाली अर्थतन्त्र को मेरुदण्ड पनी हो ।अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर घर पठाएको विप्रेषण आम्दानी आठ खर्ब ७९ अर्ब रुपैयाँ थियो। त्यो देशको कुल गार्हस्थ्य उत्पादनको ए...

डा. मन मुर्ति भुर्तेल दाईको हाम्रो मिलन (गिति कविता)

Image
“हाम्रो मिलन” (एक गीति कविता) : तिमि छौ त्यहाँ, म छु यहाँ अब हाम्रो मिलन, हुन्छ कहिले कहाँ ?... तिम्रो स्वासमा मेरो प्रश्वास थपेर गन्न पाए तिम्रो ढुकढुकीमा मेरो मुटु धड्किएको सुन्न पाए तिम्रो पिडामा मेरा बेदना मिस्सिएको छाम्न पाए यो निस्ठुर रात कति प्रिय हुन्थ्यो होला ! मिर्मिरे उषामा ओसिलो शान्त पृथ्वी  तर छ चंचल मन रेलको धुवाँ संगै हुन्हुनाएको बताश  तर छ निर्मल गगन / धेरै भयो जहाज उड्नै छाडेको चिठ्ठी  र पार्सल पुग्नै छाडेको ए चरी ए बादल, लगिदेउ मेरो संदेश जहाँ छिन मेरी प्रिय जहाँ छ मेरो देश ! सम्झिन्छौ तिमि त्यहाँ, याद गर्छु म यहाँ टोलाउछन भिजेका आँखा, आंधी चल्छन मनमा  / तिमि छौ त्यहाँ, म छु यहाँ अब हाम्रो मिलन, हुन्छ कहिले कहाँ ?... सम्झिन्छु हर घडी, कल्पिन्छु हर पल बाचें त भेट होला, साच्दै छु भावनाका भल स्वप्न रहरले थाकेका बोझिल आँखाका नानी भन्दैछन बित्ला त यत्तिकै जिन्दगी को जवानी / जरुरत छ त्यहाँ कर्तव्यको मेरो, मलाई थाहा छ अभाव छ त्यहाँ माया र सान्त्वनाको मेरो, ज्ञात छ एकान्तमा बर्षेका आँशु पुछिदिने, ढाडस दिने सम्पूर्ण तिम्रा दुख पिड...

कोरोना (कोभिड १९) र भविष्यवाणि

Image
हामिहरू प्राय भबिष्यवाणि लाई सत्य मान्ने गर्छौँ त कतिपय यसलाई संयोग मात्र को नाम दिन्छौँ       तर ,अहिले  कोरोना अर्थात "कोभिड १९" ले मानिसमा डर त्रास फैलाईरहेको अबस्था छ र विश्व मा यसै बाट धेरैले  ज्यान सम्म गुमाईसकेका छन भने लाखौंको संख्यामा संक्रमित भएका छन्। यसै बिचमा एक भारतीय ज्योतीष श्री संत बत्रा अशोका जी ले भने आफुले यसबारेमा पहिल्यै भविष्यवाणि गरेको बताएका छन। उनले भनेका छन २०१९ मा विश्वमा अमंगल हुने भनेर गरेको भविष्यवाणि कोरोना "कोभिड १९" बनेर विश्वलाई हल्लाई रहेको छ।        उनका अनुसार २६ दिसम्बर २०१९ को सूर्य ग्रहण देखी १२ जुन २०२० को सूर्य ग्रहण सम्म यसको प्रभाब भयाबह हुने बताएका थिए ।      उनले २६ दिसम्बर २०१९ को सूर्य ग्रहणमा "षट्ग्रहि प्रभाव " ६ ग्रह एकै राशी "धनु"मा रहेको र अब हुने २१ जुन २०२० को सूर्य ग्रहणमा भने त्यसको ठिक उल्टा अर्थात "धनु"को उल्टा "मिथुन" राशीमा ४ ग्रह रहने भनेका छन।        २१ जुन २०२० मा हुने सूर्य  ग्रहणमा चन्द्र सूर्य दुबै राहु संग प्रसीद्द रहने छन र बुध यस...