कोरोना (कोभिड १९) पछिको नेपाली अर्थतन्र
● कोरोना पछिको नेपाली अर्थतन्त्र
नेपालको सरकारी तथ्याङ्कअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन साढे ३४ खर्ब रुपैयाँ छ। वर्षभरिको देशका यावत् आर्थिक गतिविधि, उत्पादन र कमाइ जोड्दा हुन आउने रकम नै जीडीपी हो।यस पटक सरकारले यो कुल परिमाणलाई सात प्रतिशतले बढाउने लक्ष्य राखेको थियो।
तर कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको 'लकडाउन'ले झन्डै दुई महिनादेखि सम्पूर्णआर्थिक गतिविधि ठप्प छन्। अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन।
अभूतपूर्व यो सङ्कटले नेपाली अर्थतन्त्रमा अहिले नै गम्भीर असर पारिसकेको छ। यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन्।यसको असरबाट कुनै क्षेत्र पनि अछुतो छैन।
नेपालमा सबभन्दा घातक असर पर्ने चार क्षेत्र स्पष्ट भएका छन्।
१. विप्रेषण र वैदेशिक रोजगारी
विदेसमा गएर रोजाारी गरी स्वदेशमा पठाएको रकम लाई विप्रेषण भनिन्छ । यो नेपाली अर्थतन्त्र को मेरुदण्ड पनी हो ।अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर घर पठाएको विप्रेषण आम्दानी आठ खर्ब ७९ अर्ब रुपैयाँ थियो। त्यो देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ हो ।ठूलो योगदान गर्ने यो क्षेत्र कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर जोखिममा परेको छ।यसले आगामी दिनमा पार्ने असर दोहोरो देखिन्छ।
एकातिर त्यहाँ रहेका कामदारहरूको तलब ज्याला घट्न सक्छ भने अर्कोतिर ती देशमै आर्थिक मन्दी भए रोजगारी नै धरापमा पर्न सक्छ। नेपाली हरु धेरै जाने खाडी देशहरू पेट्रोलियम पदार्थको माग र मूल्यमा आएको भारी गिरावटसँगै आर्थिक मन्दीमा पर्ने खतरा टड्कारो छ।
कतिपय देशले हाम्रा कारखाना बन्द भएपछि कामदार राख्न सक्दैनौँ भन्न थालेका छन ।ती बेरोजगार भए देशकै विदेशी मुद्रा सञ्चितिमा असर पर्छ। यसको चौतर्फी असर नेपाली अर्थतन्त्रमा पर्छ।
नेपाल सरकारले अगामी असार मसान्तसम्मा वर्तमान आर्थिक वर्षमा नै विप्रेषणको आय २० देखि २५ प्रतिशत घट्न सक्ने पूर्वानुमान ग८ी सकेको छ ।लाखौ मानिस बेरोजगार हुन सक्छन्, जसले सामाजीक विकृति हरु झन् झन् वृद्धि गर्दै लैजाने छ ।
तर यसमा थोरै भने आशाका किरण पनि देख्न सकिन्छ ।
सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटका बेला पनि नेपाल ले निकै दर मानेको थियो,तर धेरै असर परेन। यसको एउटा कारण भनेको अधिकांश नेपालीहरू अत्यावश्यक मानिने क्षेत्रमा कार्यरत थिए। जस्तै - सुरक्षागार्ड, खेतीपाती, सरसफाइ, किनमेलका पसल अनि आपूर्ति प्रवाह।
सङ्कटका बेला पनि यी सेवा चाहिन्छन् जसले गर्दा रोजगारी जोगिन सक्छ,
तर हाल कैयौँ नेपालीहरु होटल तथा रेस्टुराँमा पनि छन् जुन समस्यामा पर्न सक्छन्। यस्ता क्षेत्रमा काम गर्ने मानिस स्वदेशनै फर्किए भनेपनि तिनमा दक्षता हुन्छ र तिनले अर्थतन्त्रलाई फाइदा दिन सक्छन्, तर यसको मनोवैज्ञानिक खतरालाई भने ख्याल गर्नु पर्ने हुन्छ। अबको बाँकी दिनमा विदेशमा बस्न उत्सुक नहुने र १५देखि २५प्रतिशत मानिस घर फर्किन सकने सम्भावन रहन्छ।
२. पर्यटन
पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करीव २.७ प्रतिसत योगदान दिएको छ ।नेपाल पर्यटन बर्ष २०२० को अन्त सम्ममा यसको योगदान ५ प्रतीसत पुयाउने लक्ष्य नेपाल सरकारको रहेको थियो ।भनिन्छ एकजना विदेशी पर्यटक आउँदा नौ जनाको रोजगारी सिर्जना हुन्छ तर कोरोनाभाइरस महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन तथा यातायातको क्षेत्र नै हो।
एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर डुल्न निस्किन सक्नेको सङ्ख्या कम रहने देखिन्छ भने अर्कोतिर चाहना नै भएपनि 'लकडाउन' र सामाजिक दूरी कायम राख्नुपर्ने समयमा मानिस घुमफिरमा उत्सुक हुँदैनन्।
जो पर्यटक भएर यहाँ आउँथे ती मानिस नै बेरोजगार हुने अवस्था छ। यो क्षेत्रमा ठूलै घाटा हुने देखिन्छ।
कोरोनाभाइरस कै कारण नेपाल भ्रमण वर्ष औपचारिक रूपमा स्थगित भएको छ भने कोरोनाभाइरस कैकारण विदेशमा गरिने भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम पनी स्थगित भएको छ । यसले पर्यटनमा पारेको प्रभावबाट उम्कन करीव १० बर्ष लाग्ने अनुमान गरीएको छ।
यसले हवाई उड्डयन, होटल तथा रेस्टुराँ, यातायात, कृषि तथा अन्य व्यवसायी, बैंक तथा वित्तीय संस्था सबैको आयमा असर पर्ने छ। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटे पनी लगानी अभावको कारण तरलतामा भने वृद्धि हुने अनुमान गरिएको छ ।
३. साना तथा मझौला उद्योग व्यवसाय
कुनैपनि देशको अर्थतन्त्रको विकास का लागी साना तथा मझौला उद्योग व्यवसाय मेरुदण्ड नै हुने गर्छन्।
स साना उद्योग तथा व्यापार व्यवसायमा लागेका चिया पसलेदेखि लिएर रेस्टुराँ व्यवसायी अनि मम पसलेदेखि लिएर किराना व्यापारी सबै यसैमा पर्छन्।
यस्ता साना / मझौला व्यवसायीले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशतको योगदानका साथै करिब १७ लाखलाई रोजगारी दिएका छन्। तिनलाई उद्धार गर्ने प्याकेज नबनाए भयानक अवस्था आइपर्छ, ।
खानेकुरा र औषधिबाहेक सबै पसल बन्द छन्। यिनमै पनि बजारमा मासुको माग छ तर आपूर्ति गर्न सकिएको छैन। एकातिर अण्डा र चल्ला नष्ट हुँदैछ अर्कोतिर बजारमा पाइएको छैन,
अहिलेको समयमा कोही पनि लुगा वा नयाँ गाडी वा टेलिभिजन नयां घर किन्ने मनस्थितिमा छैनन। यसले कति असर पारिरहेको छ भनेर हिसाबकिताब गर्न निकै गा्रो छ।
खासगरी यी अनि निर्माणका क्षेत्रमा निर्भर दशौँ हजार दैनिक ज्यालादारी गर्ने मजदुर तत्कालको निम्ति अत्यधिक जोखिममा परिसकेका छन्।
४ व्यापार तथा वित्तीय क्षेत्र
अधिकांश व्यापार तथा व्यवसाय अहिले ठप्प छन्।
देशको कुल गार्हस्थ्य उत्पादनमा निर्यातको अंश २.८ प्रतिशत अनि आयातको अंश ४० प्रतिशत छ। यसले नेपाली अर्थतन्त्र ध्वस्त पार्ने लगभग पक्का पक्की देखीन्छ
ऋणका किस्ता तिर्ने समय र छुटबारे राष्ट्र बैंक ले विभिन्न निर्देसन दिँदै आय पनी बैंक तथा वित्तीय संस्था हरु ले कार्यान्वयन गर्ने अवस्था रहेको छैन ।समग्रतामा बैंक तथा
वित्तीय संस्थाका अवस्था पनि नाजुक बन्दैछन्। यिनीहरू ले प्रदान गरेको रोजगार पिसाब गरे न्यानो उखान प्रमाणीत भइसकेको छ।
सहज आर्थिक गतिविधि ठप्प भएकाले कारोबारमा असर त छँदैछ अन्य क्षेत्रमा परेका सबै किसिमका नकारात्मक असरले बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा पनि जोखिममा पर्न सक्ने देखिन्
पर्यटनमा मात्रै बैंक र वित्तीय संस्थाका अर्बौँ लगानी छ। त्यसको अब रिकभरी वा सुधार हुन करिब दस वर्ष लाग्छ। त्यसैकारण बैंक सम्पति जोखिममा पर्छन् जसको चौतर्फी असर पर्ने छ।कृषिमा भने यसको अलि कम असर पर्ने अनुमान गरिएको छ।
सामाजिक दूरी कायम गर्नुपर्ने स्थिति अनि श्रमिकक अभावले कृषि उत्पादनमा कमी आउने छ। जसले श्रमिकको
उत्पादकत्व क्षमतामा पनी कमी ल्याउने छ।
किसानलाई र गरिबी लाइ राहत दिने नाममा स्थानीय सकारको चरम लापारवाहि रहेको छ जस्ले किसान हरु बीच ब्यापक असमानता सिर्जना हुने देखीन्छ ।
मुख्य खाद्यान्नबालीमा कमै प्रभाव परे पनी कुखुराको मासु अनि तरकारी जस्ता क्षेत्रमा बढी प्रभाव पर्न सक्ने छ।
यो समयमा आत्मनिर्भर भनिएका कतिपय क्षेत्र पनि धरासायी हुनेछन्।भन्न त कुखुराको मासुमा आत्मनिर्भर भनिन्थ्यो तर आयात को अवस्था सुरू भइसकेको छ।
यो वर्ष देशको आर्थिक वृद्धि दर 0.५प्रतिशतसम्म घट्नसक्ने अनुमान समेत गरिएको छ।
हिरामणी ज्ञवाली
कान्ति मा.बि. बुटवल

Comments
Post a Comment