बाबाले किनीदिएको त्यो पहिलो उपहार
सरस्वती ज्ञवाली (खनाल) मस्को रसिया आहा !कति राम्रो फ्रक? कसले ल्यायो? मेरो बाबा ले ऊहॉंले ओठ फर्काउनु भयो ऊहॉंको मतलब थियो खुबै भयो कसैले नभाको नयॉं फ्रक लगाई। तर म त्यहीँ फ्रक ले दिएको खुशी मा झुमेको थिएँ ।नयॉं फ्रक भएर खुशी होईन म तर ७ बर्ष पछि आठौँ जन्मदिनको दिन पहिलो पटक बाबाआफैले मेरो लागि किनेर ल्याउनु भएको एकजोर कपडाको खुशी थियो त्यो।यसको मतलब यो होईन कि मैले नयॉं कपडा लगाउन पाइनँ लगाउथेँ त्यति बेला सायदै अरू कसै संग हुँदो हो म संग भए जति नयॉं कपडा,केबल बाबा र आमाले किनेको नयॉं कपडा थिएन। नयॉं फ्रक देखाउन म गॉंउभरी डुलेकि थिएँ ।कती खुशी म एउटा फ्रक पाऊँदा। स्कुलले तोकेको ड्रेस संग मिल्दो जुल्दो रंग को फ्रक , मायाले त होला राती धोएर सुकेन भने आगो निभाई सकेपछि तातो अँगेना माथि राखी सुकाई भएपनी अर्को दिन त्यहि चाहिने मलाई।मेरो त्यो खुशी देखेर बाबा आमाको आँखा कती रसाए त्यो बर्णन म अहिले गर्न ...