बाबाले किनीदिएको त्यो पहिलो उपहार
सरस्वती ज्ञवाली (खनाल)
आहा !कति राम्रो फ्रक? कसले ल्यायो?
मेरो बाबा ले
ऊहॉंले ओठ फर्काउनु भयो ऊहॉंको मतलब थियो खुबै भयो कसैले नभाको नयॉं फ्रक लगाई।
तर म त्यहीँ फ्रक ले दिएको खुशी मा झुमेको थिएँ ।नयॉं फ्रक भएर खुशी होईन म तर ७ बर्ष पछि आठौँ जन्मदिनको दिन पहिलो पटक बाबाआफैले मेरो लागि किनेर ल्याउनु भएको एकजोर कपडाको खुशी थियो त्यो।यसको मतलब यो होईन कि मैले नयॉं कपडा लगाउन पाइनँ लगाउथेँ त्यति बेला सायदै अरू कसै संग हुँदो हो म संग भए जति नयॉं कपडा,केबल बाबा र आमाले किनेको नयॉं कपडा थिएन।
नयॉं फ्रक देखाउन म गॉंउभरी डुलेकि थिएँ ।कती खुशी म एउटा फ्रक पाऊँदा। स्कुलले तोकेको ड्रेस संग मिल्दो जुल्दो रंग को फ्रक , मायाले त होला राती धोएर सुकेन भने आगो निभाई सकेपछि तातो अँगेना माथि राखी सुकाई भएपनी अर्को दिन त्यहि चाहिने मलाई।मेरो त्यो खुशी देखेर बाबा आमाको आँखा कती रसाए त्यो बर्णन म अहिले गर्न सक्दिन।
सात बर्ष किन? त्यती बेला म बुझ्न सक्दिनँ थिएँ बाबाले किन्न नहुने किन होला भाइ बहिनीलाई बाबाले किन्दिन हुने मलाई नहुने किन होला भन्ने त लाग्थ्यो तर कहिल्यै सोधिन ।मामा घर गयो हजुरबुवा ले रोजाई रोजाई किन्दिने,फुपु दिदि हरूले उसैगरी किनीदिने, कान्छा बाबा ले तीज दशैँमा नछुट्टाउने (दाई ,दिदि,भाइ,बहिनीलाई) बराबर नै सिलाई दिनु हुन्थ्यो ।ठुला बाबाले कहिँ जानु भयो भने खाली हात नआउने ।यो त घर भित्रको माया भयो गॉंउभरी सबैले उस्तै गर्नु हुन्थ्यो नयॉं नयॉं कपडा नयॉं डिजाईनका कपडा कती लगाएँ कती तर त्यो फ्रक को अगाडि सबै बेरंगी र फिका भए।
ठुला बाबाको डर त थियो नै तर प्यारी पनि उत्तिकै थिएँ परैबाट बोलाउनु हुन्थ्यो मेरो काला भनेर अनि म लाडिदै काखमा नबसेसम्म आफैलाई सन्तुष्टी नमिल्ने बाबा अलिकति ठुलो आवाजले बोले गइदिन्थेँ ठुलाबाबाको घर ५/६ दिन घरै नफर्कने गरी त्यही सबैको माया धेरै पाएर होला म पुल्पुलीएकी रे अहिले पनि त्यस्तैछु कसैले केहि भने २/४ दिन लाई पुग्छ।😃😃
म बाबा आमाको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएकी अहिले ४ भाई बहिनी मा पहिलो सन्तान हुँ। २/२ सन्तान गुमाउँदाको पिडा कस्तो भएहोला ?त्यसै वियोग पछि आँसु पुछ्न जन्मिएकी म मलाई गुमाउने डर ले जसले जहॉं भन्छ त्यहॉं लैजानु भएछ।जसले जे-जे भन्यो त्यहीँ गर्नु भयो अथवा बिश्वास र अन्धबिश्वास को चक्रबाट म पनि अछुतो रहिनँ त्यसैको लहरमा आएको छोरी बचाउनको लागी जन्म दिने बाउ आमाले किनेको नयॉं कपडा सात बर्ष नपुग्दासम्म लगाउन नहुने। दु:ख त लाग्थ्यो होला सबैले आफ्ना छोरा छोरीलाई नयॉं कपडा किनिदिँदा आफ्नो छोरीलाई कस्ले ल्याईदेला र लगाईदिउँला भन्ने आश गर्दा तर के गर्ने छोरी नै नरहे कस्लाई लगाईदिने भन्ने पिडाले कती मुटु काँप्यो होला ?त्यसै डरले सात बर्ष बाबा ले किनेको नयॉं कपडा लगाउन बन्चित भएकी म पहिलो पटक आफ्नै बाबाले किनेर ल्याउनु भएको फ्रकले दिएको खुशी बाबा आमाको लागी बहुमूल्य थियो ।
आज हरदिन फेर्छु नयॉं कपडा आफैले छानेर किन्छु,आफैले नयॉं डिजाईन रोज्छु तर त्यति खुशी कुनै
कपडा ले दिन सकेको छैन। त्यो फ्रक हरदिन लगाउन मन लाग्थ्यो अहिले हरदिन नयॉं फेर्दा पनि अहँ त्यो खुशी पाउँदिन ।

गज्जब कुरा आयो !
ReplyDelete