डा. मन मुर्ति भुर्तेल दाईको हाम्रो मिलन (गिति कविता)

“हाम्रो मिलन” (एक गीति कविता) :
तिमि छौ त्यहाँ, म छु यहाँ
अब हाम्रो मिलन, हुन्छ कहिले कहाँ ?...
तिम्रो स्वासमा मेरो प्रश्वास थपेर गन्न पाए
तिम्रो ढुकढुकीमा मेरो मुटु धड्किएको सुन्न पाए
तिम्रो पिडामा मेरा बेदना मिस्सिएको छाम्न पाए
यो निस्ठुर रात कति प्रिय हुन्थ्यो होला !
मिर्मिरे उषामा ओसिलो शान्त पृथ्वी
 तर छ चंचल मन
रेलको धुवाँ संगै हुन्हुनाएको बताश
 तर छ निर्मल गगन /
धेरै भयो जहाज उड्नै छाडेको
चिठ्ठी  र पार्सल पुग्नै छाडेको
ए चरी ए बादल, लगिदेउ मेरो संदेश
जहाँ छिन मेरी प्रिय जहाँ छ मेरो देश !
सम्झिन्छौ तिमि त्यहाँ, याद गर्छु म यहाँ
टोलाउछन भिजेका आँखा, आंधी चल्छन मनमा  /
तिमि छौ त्यहाँ, म छु यहाँ
अब हाम्रो मिलन, हुन्छ कहिले कहाँ ?...
सम्झिन्छु हर घडी, कल्पिन्छु हर पल
बाचें त भेट होला, साच्दै छु भावनाका भल
स्वप्न रहरले थाकेका बोझिल आँखाका नानी
भन्दैछन बित्ला त यत्तिकै जिन्दगी को जवानी /
जरुरत छ त्यहाँ कर्तव्यको मेरो, मलाई थाहा छ
अभाव छ त्यहाँ माया र सान्त्वनाको मेरो, ज्ञात छ
एकान्तमा बर्षेका आँशु पुछिदिने, ढाडस दिने
सम्पूर्ण तिम्रा दुख पिडा पिई दिने तिब्र चाह छ /  
तिम्रो विश्वासमा मेरो आस्थाले टेकेर चल्न पाए
तिम्रो सपनामा मेरो बास्तबिकता मिसाई घोल्न पाए
एकै ठाउँ टेकी एकै उद्धेस्यमा उडान भर्न पाए
हाम्रो साझा संसार कति सुन्दर हुन्थ्यो होला !
तिमि छौ त्यहाँ, म छु यहाँ
अब हाम्रो मिलन, हुन्छ कहिले कहाँ ?...

-डा. मन मुर्ति भुर्तेल,
  मास्को (रसिया)

Comments

Popular posts from this blog

कोरोना (कोभिड १९) र भविष्यवाणि

कोरोना (कोभिड १९) पछिको नेपाली अर्थतन्र