रसिया मा "कोभिड १९"र नेपाली

कुरा गर्यो कुरैको दु:ख भने झै अहिले जताततै कोरोना(कोभिड १९) को चर्चा छ।दिनहुँ समाचार आउँछ यो देशमा यति पुगे,ऊ देशमा यती पुगे ।देश भित्र पनी यो प्रदेश,त्यो जिल्ला ,त्यो गॉंऊपालिकार त्यो वडा हुँदै यो हर घर घर को समस्या हुँदै छ।यसको आतंक कहिले कहॉं गएर रोकिने हो कसैले यसै भन्न सक्ने अबस्था छैन न कुनै डाक्टर ले ,न कुनै  बैज्ञानिकले यस यसको आतंक बाट मुक्ती हुने बाटो पत्ता लगाउन सकेका छन।
          अब प्रसंग बिदेशमा रहने नेपाली नागरिक को हुनत सबै देशको समस्या एऊटै हो र कतिपय को समस्या त अझ दयनिय होला त्यो त जसलाई पर्यो उसैले जान्यो।
            म स्वयं विश्वका सबैभन्दा शक्तिशाली मानीने देश मध्धेको रूस को राजधानी मस्को सहरमा कामको शिलशिलामा बस्छु ।म मात्र होईन हामि ५/७०० को हाराहारीमा रूस मा नेपाली कामदार रहेका छ।अहिले कोरोना को कहरका कारण यहॉंका नेपाली कामदार को  अबस्था दयनिय बन्दै छ ।यहॉं अरु देशमा जस्तो जुन कम्पनीको भिसा मा आयो त्यहि कम्पनीले हेर्छ भन्ने हुदैन। कतिपय ले कम्पनीमै काम गर्नुहुन्छ र कम्पनीको मालीकले नै वहॉं हरूको सम्पूर्ण खर्च दिएको हुन्छ। वहॉं हरुको ब्यक्तीगत समस्या यो बेला नेपाल जान पाए परिवार संगै बस्न  हुन्थ्यो भन्ने छ तर जो मालीक को कम्पनी मा नभई पार्ट टाईम(जहॉं ,जस्तो काम भेट्यो त्यहि )काम गर्ने जसमा कोठा भाडा, खाने बस्ने  सबै कुराको ब्यबस्था आफैले गर्नु पर्ने हुन्छ।
            अहिले रसियामा लकडाउन भएको करीब दुई महिना बित्न लागिसकेको छ। कहिले खुल्छ र काममा जान पाईने हो कसैलाई थाहा छैन।हल्ला त छ मई महिनाको अन्त्य मा सबै कार्यहरू सुचारू हुनेछन तर जुन रफ्तारमा यहॉं कोरोनाको संक्रमण बढेको छ लाग्दैन कि अहिले नै खुला गर्दा रसिया सुरक्षित होला र यहॉंको अबस्था सामान्य जीबन यापन गर्न पाईएला।
         रसियामा रहेका कतिपय साथीहरुको कामगर्ने ठॉंउ हरू (पसल)२०२० अक्टोबर सम्मका लागि बन्द भएका छन।उनिहरुको मालिक हरूले अब आफ्नो बाटो गर भनेर हात उठाईसकेका छन।
         यहॉंको सबैभन्दा ठुलो समस्या त कोठाको भाडा तिर्नु हो अरु देश हरुमा त सके दिने नसके नदिने ,दिनै पर्ने पनि अबस्था सामान्य भईसके पछि दिने भन्ने सरकारले नियम बनाएको रहेछ तर यहाँ त्यस्तो कुनै नियम छैन भाडा दिन सके बस दिन नसके निस्केर जाउ।सॉंझ बिहान खाने खर्च जुटाउन नसक्ने अबस्थामा रहेका हामि भाडा कसरी दिनु? यो समस्या साथीहरुले रसियामा नेपालीका समस्या समाधानका लागि राखीएको नेपाली दुताबासमा राख्दा हामि केहि गर्न सक्दैनौ तपॉंई हरु एन.आर.एन.ए (गैरआबासिय नेपाली संथा) मा जानुस भन्ने जवाफ आएछ।
            यहॉं नेपाली सम्हाली नसक्नु पनी छैनन अरु देशका दुताबासले राहत बॉंडि रहँदा यहॉंको दुताबास बाट यस्तो गैर जिम्मेबारी ब्यबहारले नेपाली कामदारमा निरासा छाएको छ । आफ्ना नागरीक संग नजिकको सम्बन्ध रहँदै आएको यहॉंको दुताबास नागरीकको समस्या समाधान गर्न कुनै पहल नगर्नु ले नागरीक मा एउटै प्रश्न उभिएको  छ के नेपाली दुताबास भोज भतेर गर्ने एउटा घर मात्र हो? या समस्या मा परेका नेपाली नागरीकको समस्या समाधान गर्न पहल पनी गर्ने हो? नागरीक को समस्या समाधान को लागी गैर आबासीय नेपाली संस्था एन.आरंएन.ए मा जानुस भन्नुलाई हामि कसरी हेर्नु?यस ले दुताबास कहिले ,के का लागी र किन?भन्ने प्रश्न रसिया बासी नेपाली कामदार ले बुझ्न चाहान्छन।कसैले दुताबास बाट घर भाडा मागेका छैनन, कसैले दुताबास मै लगेर राख पनि भनेका छैनन । दुई छाक खाना को लागी सरकारी  पहल चाहेका हुन ,नेपाल फर्काउने पहल चाहेको हो, सबै आ-आफै खर्च भरेर पनी नेपाल फर्कन चाहान्छन।यो पहल मात्र दुताबास बाट चाहेको हो तर दुताबास आफ्नो जीम्मेवारी बाट उम्कन चाहान्छ।
            दुताबासले गर्नुपर्ने काम नेपाली कती छन्,कहॉं कहॉं छन्? भनेर तथ्यांक संकलन गर्ने काम पनी एन.सी.सी ले नै गरेको छ।ब्यक्तीगत बुझाईमा यहॉं रहेको एन.आर.एन.ए (गैर आबासीय नेपाली संस्था) ले रसियामा रहने नेपाली चाहे कामदार होस,बिद्यार्थी होस या कुनै कारण बस रसियामा रहेको होस जती सम्पर्क मा समस्या लीएर आएका छन सक्दो सहयोग गरेको बुझ्छु।सबैको घरमा गएर सबै समस्याको समाधान त कसैले पनी गर्न सक्दैन तै पनी यस्तो बिषम परिस्थितिमा कोहि नेपाली भोकै बस्न नपरोस भनी सानो सहयोग एन.सी.सी ले गरेको छ।
              यसको दिर्घकालीन समाधानमा एन.सी.सी रसिया र दुताबासले मिलेर सहकार्य गरोस ।दुताबास आफ्नो जिम्मेवारी बाट चुकिसकेको अबस्थामा अब आउने दिनमा जिम्मेवारी बाट चुक्न नपरोस नत्र दुताबास ले आफ्ना नागरीकको भरोसा गुमाउने छन
                                      सरस्वती ज्ञवाली(खनाल)
                                           मस्को रसिया

Comments

Popular posts from this blog

कोरोना (कोभिड १९) र भविष्यवाणि

कोरोना (कोभिड १९) पछिको नेपाली अर्थतन्र