"साथी"

    • भनीन्छ साथी दुई प्रकारका हुन्छन एउटा दुःख सुख साट्ने अर्काे ब्यबहार अादान प्रदान गर्ने अथवा ब्यबहार साट्ने ।तर मेराे अाफ्नाे जिन्दगी मा भने याे लागु हुदैन ।"साथी" याे शब्द अाफैमा पूर्ण छ जस्ताे लाग्छ मलाई ।"साथी" का अा-अाफ्नै परिभाषा हाेलान सबैका तर मराे लागि यसकाे परिभाषा निकै लामाे तर सरल छ।साथी जाे पनि ,जिहले पनि ,जहाँ पनि बन्न सक्छ समय अनुसार काेहि नयाँ साथी बन्दै जान्छन र पुराना साथ हरु छुट्दै जान्छन समय र परिस्थिति संगै।जस्ताे कि जन्मिए पछि बाबा अामा ,बाबा ले पाइला टेक्न सिकानु भयाे जब अाफै खेल्न सक्ने भइयाे अाफ्नाे उमेरकाे खेल्ने साथी भए,स्कुल जाँदा दाइ दिदी काे हात साउदै गइयाे केहि समय दाइ दिदी साथी हुनु भयाे ,जति जति खुट्किला चढ्दै गइयाे उति उति साथी बन्दै गए ।काेहि यति नजिक का साथी भए कि स्कुल बिदा र शनिवार नै नभइदिए हुन्थ्याे ,लाग्थ्याे उनी नभए काेहि छैन ।नयाँ जमाना का भए पनि हाम्राे समाजमा केटा साथी भए /बने भने नराम्राे मानीन्थ्याे त्यसैले सानाे कक्षामा पढ्दा खासै केटा साथी थिएनन केटि साथी चाँहि धरै भएपनि मिल्ने साथी कम नै थियाैँ।जाे समय संगै टाढिदै गए।
           पहिलाे पटक केटा साथी अाफुले बुझ्ने भएपछि कक्षा १०/एस.एल.सी दिँदा बने र निरन्तर पुराना छुट्ने नयाँ साथी बन्ने प्रक्रिया चल्याे।एक लहर अायाे पत्रमित्रता त्याे लहरले छाेयाे तर त्यति धरै असर गरेन ।एकजना हुनुहुन्थ्याे जसले त्यसबाट हुने फाइदा र बेफाइदा सम्झाउनु भयाे र मलाई अाफ्नाे बहिनी बनाउनु भयाे उहाँलाई अहिले पनि सम्झन्छु ।केटा र केटि साथी मा फरक छुट्टाउन नसक्दै बिबाह भयाे तर भाग्यबश घर परिवार, श्रीमान् खुला बिचारका पर्नु भयाे ।बिबाह पछिको जीवन र बिबाह अगाडि काे जीवन मा परिवर्तन अायाे उसाे त म धेरै नबाेल्ने गाउँ मा घाेसेकाे नाम पाएकी थिएँ।बिबाह पछाडि नै पढाइ काे लागि बुटबल बहुमुखी क्याम्पस भर्ना लिएँ ।जब बुटबल मा पढ्न लागे सबै सामान्य लाग्याे केटा हाेस या केटि सबै सहयाेगि मिलनसार ।त्यहाँ पनि बन्याे हाम्राे ६/७ जनाकाे ग्रुप जसमा म सबै भन्दा फुच्ची।मलाई माया गर्ने सम्झाउने हुनुहुन्थ्याे एउटि साथी  जसलाइ केहि बर्ष अगाडि एउटा दुर्घटना ले सधैकाे लागि साथ छुटाइदियाे।
      समय बित्दै गयाे साथी बन्ने छुट्ने क्रम चल्दै गयाे।अनि अायाे फेसबुक सुरु सुरुमा बुझीएन राम्रा नराम्रा सबै साथी बने जब बुझेँ अाफुलाई ब्यबहार नराम्राे लाग्ने जतिसुकै थिए हटाइ दिएँ।काेई नजिक का साथी पनि बने जाे फेसबुक मै सीमीत रहे हुनत सबै राम्रा र नजिक हुने कुरा भएन ।
           फेसबुकमा पनि साथी थपिदै घट्दै थिए म बिबाहित मान्छे कसैले नराम्राे कमेन्ट गर्ला कि गलत म्यासज अाउला कि भनेर सतर्क हुन्थँ।हुनत एकाध बाहेक सबै राम्राे साथी हुनुहुन्छ ,८०% त मेरा अाफ्ना मान्छे नै हुनुहुन्छ ।एक दिन एउटा म्यासेज ले मेराे ध्यान अाकर्षित गर्याे म्यासेज भन्दा पनि नामले।अलग्गै लाग्याे उसकाे नाम खासै म्यासेजकाे उत्तर नदिने म उसलाई किनकिन दिएँ ।बिस्तारै हाइ हेलाे काे गफ बाक्लिदै गयाे ।अनि बल्ल मैले उसकाे फेसबुक खाेलेर हेरेकी थिएँ।गुल्मीकाे भने पछि यसै अाफ्नाेपन लाग्छ मलाई ।उसकाे म्यासेज ले कहिले कहिलेकाहीँ डराउन दिन्थ्याे किनभने उसकाे सम्बाेधन डार्लिङ्ग,डियर हुन्थ्याे।धेरै पटक ठट्टा पनि गरेँ दाइ /भाइ बनाउछु नत्र तिमीले मेराे घर डुबाइदिने भयाै भनेर तर उसले हाँसेर उडाउथ्याे मेराे कुरा ।उसलाइ सामान्य लाग्थ्याे समय काे हिसाब ले अाज भाेली यि शब्द सामान्य हुन हुनलाइ तर पनि ।उ काठमाडौं मा बस्ने म बुटबल भेटघाट कहिले भएकाे थिएन या भेट्नु पर्ने कारण पनि थिएन त्यसैले भेट्न जाेड दिइएन।
           समय ले मलाइ पनि काठमाण्डू तान्याे । करिब एक बर्ष काठमाण्डू बसाइँ भयाे याे बिचमा पनि भेट्ने अनुकुल समय मिलेन सायद २०७२ सालकाे भुकम्प बाधक बनकाे हुनुपर्छ।फाेन नम्बर थियाे उ संग भेट्ने कुरा भयाे श्रीमान् संग पर्दर्शनी मार्ग पुगँ तर उसकाे ब्यस्तताकाे कारण भेट भएन।भुकम्प पछि काठमाण्डू काे बसाइँ छाड्नु थियाे किनकि श्रीमान राेजगारीकाे लागि रुस(रसिया)मा हुनुहुन्थ्याे,२ छाेरीहरु संग नयाँ ठाऊँमा बस्न सहज लागेन।
         अाज सम्म धेरै साथी भेटेँ तर उ जस्ताे अलग भटेकाे थिइन।उसलाइ नजिक बाट चिन्ने परिचय एउटा छ मेराेलागी कि उ लेखक हाे।यस्ताे होइन कि उ मेराे नजिक काे साथी हाे अहिले म अाफु पनि रसियामा छु यहाँ उ भन्दा नजिक काे हर सुख दुःख मा ,सहि गलत सिकाउने साथी हुनुनहुन्छ जसलाई हामि श्रीमान् श्रीमती दुबैले सम्मान गर्छाैँ र बदलामा सम्मान पाएका पनि छाैँ।हुन त म काेहि लेखक संग परिचित छैन तर पनि सुनेथेँ लेखक घमण्डी हुन्छन रे।उ संग प्रतक्ष्य भेट भएकाे थिएन फाेन पनि एक पटक भन्दा भएकाे थिएन च्याट मा घमण्डी लागेन ।म रसिया अाउने बेला उ बुटबल रहेछ संयाेग ले म पनि बुटबल ।म बहुमुखी क्याम्पस नजिक छु समय भए भेटम भनेर फाेन अायाे ,हुन्छ भनेर सहमति जनाएँ तर मैले भनेकाे ठाऊँ उसले नबुझ्ने मैले भनेकाे उसले नबुझ्ने।भेट भएन रिस उठेकाे हाेला उसलाइ ,बहाना बनाई,घमण्डी रैछे भन्ने पनि भए हाेला ।उसलाइ थाहा थिएन म छाेरीहरु छाडेर रसिया जाँदै छु भन्ने थाहा भए अबश्य बुझ्थ्याे मलाइ ।
      यसरी फेसबुककाे सामान्य परिचय अात्मियतामा बदलिएला भन्ने लागेकाे थिएन ।म रसिया अाइसके पछाडि पनि उसले च्याट गर्ने तरिका पुरानै ।काम सकेर घर फर्कने काममा जाने समय समय थाहा भए झैँ कि काम मा जानु भन्दा अगाडी कि काम सकेर घर फर्कने बेला आउथ्याे म्यासेज।म जस्ता उसका हजारौँ साथी हाेलान र त्यसै मध्यकाे म पनि भएँ।कुरा त्यति बेला अझ बाक्लियाे जतिबेला उसले अाफ्नाे पहिलाे उपन्यास "साकुरा"लेख्दै थियाे।गफ पनि बाक्लिए "साकुरा" पनि बजारमा अायाे ।भेट्ने माध्यम पनि "साकुरा" नै बन्याे।अन्तत म नेपाल गएकाे माैकामा यतिका बर्षकाे भेटने चाहाना पुरा भयाे ,त्याे पनि छाेटाे भेटघाट ।
             उ लेखक मात्र हाेइन माेटिवेशनल शिक्षक पनि हाे जीवन मा धेरै हार खाइसकेकी मलाइ जीवन जिउने कला सिकाउदै छ।अाज हामि राम्राे साथी बनेका छाैँ ।मलाइ लाग्छ मेरा नजीक का साथी केटा साथी नै छन र रहने छन,कसैले कसरी त कसैले कसरी साथ दिएका छन ।यस्ता साथी हरु हर कसै संग हुदैनन।कतिले त डाहाले साथी काे सम्बन्धलाई गलत नाम दिने असफल प्रयास पनि गरे  उनिहरु काे साेच सानाे हाे मैले यहि बुझेँ तर पनि साथ रहिरह्याे साथी हरु संग ।मराे घरमा पनि केटा साथी हुनुहुदैन भन्ने साेँच अाज सम्म अाएन ।बरु भन्नुहुन्छ कति राम्राे र सहयाेगी साथी रैछन तिमी का कहिले टाढा नहुनु ।यस्ताे बुझ्ने परीवार पनि कम नै छन हाम्राे समाज मा।मराे एउटा साथी मेराे घरमा जाँदा बुहारी का केटा साथी अाउदा केहि नभन्ने भनेर धेरैले सुनाउथे रे तर मलाइ घराम गलत साेच्नु भएन गर्व लाग्छ परिवार काे साेँच माथि ।कसैकाे जीवन मा हर कसैले ठाउँ बनाउन सक्दैन ।मेराे जीवनमा ३ जना साथी ले राम्राे ठाउँ बनाएका छन जसलाइ कुनै कारणवश साथ छुटे पनि भुल्ने छैन ।एउटा त लेखक भयाे अरु दुईकाे नाम लिन चाहिन किनकि मैले अनुमिति लिएकी छैन।
            कसैले केटी काे केटा साथी र केटा मान्छेकाे केटी साथी हुन सक्दैन भन्छ भने त्याे गलत हाे उसकाे साेच गलत हाे।साथी त्याे हाे जसले हाम्राे राम्राे पक्ष र नराम्राे पक्ष दुबैलाई अपनाएकाे हुन्छ।कसैले जीवन जिउन सिकाउछन,कसैले हर परिस्थिति मा पनि साथ रहन्छन र कसैले आफ्नाे समस्या संगै साथीकाे समस्या पनि समाधान गर्ने सामर्थ्य राख्छन।धन्यबाद तिनै जनालाइ।
           याे मेराे नितान्त ब्यक्तीगत लेख  हाे ।कसैलाई नराम्राे नलागाेस।
                                           सरस्वती

Comments

Popular posts from this blog

कोरोना (कोभिड १९) र भविष्यवाणि

कोरोना (कोभिड १९) पछिको नेपाली अर्थतन्र