अभी बशिष्ठको याद

"याद"

हुरी चल्दै गर्दा
उडेछ छानाको मूल भाटो
बुढीआमा
पूरानो घरको सङ्गारबाट
नियाल्दैछन्
शुन्य बाटो
"खोइ, आज पनि फर्केन छोरा"
विश्व युद्ध लडेको
लडेको कार्गिलको युद्ध
त्यहीँ युद्धको साहस बोकेर
पसिना चुहाउँदै गर्दा
खाडीमा
छोराको आँखामा
नाच्दी हो, बुढीआमा
नाच्दो हो, खरको छानो
तर
आमाको सङ्गारमा
छोराको यादसँग खेल्दै
छानाबाट छुटिएको खर
ओसिलो हुँदैछ
आँशुका बुँदले
आफैलाई डुबाउने
सम्झना बोक्दै
छोरा
खानाको गासमा आँशु मिसाउँदो हो
फेर्दो हो चाहना मै
आमाको फाटेको फरिया
सुत्दो हो थकित भएर
काखमा आमाको
यता,
बानी भै सकेको शुन्यतामा
फाटेको मुझेत्रोमा कुलुमुलु पारेर
छोरालाई
बगलमा सुताउँदि हो, आमा
अनि
चिच्याउँदो हो
वास्तविकता
शुन्य भएर.....
घोप्टिएर बिछ्यौनामा
रूँदा हुन यादले
"दुबै प्राणहरू
दुरूहताको शोकमा"

~अभि वशिष्ठ

Comments

Post a Comment

Popular posts from this blog

कोरोना (कोभिड १९) र भविष्यवाणि

कोरोना (कोभिड १९) पछिको नेपाली अर्थतन्र